‘रेशम चौधरीलाई आममाफी दिन र नागरिकता विधेयक जारी गर्न ढिला गर्नुहुँदैन’

‘रेशम चौधरीलाई आममाफी दिन र नागरिकता विधेयक जारी गर्न ढिला गर्नुहुँदैन’

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नागरिकता विधेयक प्रमाणीकरण गर्न र रेशम चौधरीलगायतका नेतालाई आममाफी दिन ढिला गर्न नहुने बताएका छन्।

भट्टराईले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिसमक्ष चौधरीलाई आममाफी दिन र नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिनुपर्नेमा जोड दिएका हुन्।

लोकतन्त्र भनेको प्रक्रिया सँग–सँगै मुख्यतःजनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली भएको भन्दै यस्तो बताएका हुन्।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।

त्यस्तै, रेशम चौधरीलाई आममाफ दिनका लागि गृह मन्त्रालयले राष्ट्रपतिको कार्यालयमा सूची पठाए पनि राष्ट्रपति पौडेललेलाई त्यसलाई गृह मन्त्रालयमै फर्काइदिसके।

जेठ १३, २०८० शनिबार १०:०८:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।