पशुपतिको जलहरीमा अल्झिएको संसद् बैठकको गाँठो फुकाउन तीन दलका नेताको बैठक

पशुपतिको जलहरीमा अल्झिएको संसद् बैठकको गाँठो फुकाउन तीन दलका नेताको बैठक

काठमाडौं : संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सुचारु गर्नका लागि तीन दलको बैठक बसेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक जारी छ।

बैठकमा माओवादीको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै माओवादीबाट उपप्रधानमन्त्री एवं गृहमन्त्री नाराणकाजी श्रेष्ठ छन्।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र रमेश लेखक छन्।

एमालेबाट अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक पदम गिरी बैठकमा उपस्थित भएका छन्।

माओवादी सांसद्ले पशुपतिनाथको जलहरीको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाएपछि एमालेले शुक्रबारको संसद अवरुद्ध गरेको थियो।

शुक्रबारको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री दाहालले जवाफ दिने कार्यक्रम थियो।

प्रतिनिधिसभाको बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित गरिएको छ।

जेठ १३, २०८० शनिबार ०९:१३:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।