दुई सांसद् निष्कासन गर्दै जनमत पार्टी, नीतिविपरीत काम गरेको आरोप

दुई सांसद् निष्कासन गर्दै जनमत पार्टी, नीतिविपरीत काम गरेको आरोप

काठमाडौं : जनमत पार्टीले दुई सांसद्लाई निष्कासन गर्नका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभाका समानुपातिक सांसदद्वय सोनु मुर्मू र विनिता सिंहलाई कारबाही गर्दै सांसद पदबाट निष्काशन गर्न सिफारिस गरेको हो।

उनीहरूमाथि पार्टीको नीतिविरुद्ध काम गरेको र संसद्मा प्रभावकारी भूमिका निर्वाह नगरेको आरोप लगाइएको छ।

अब बस्ने संसदीय दलको बैठकले निर्णय गरी निर्वाचन आयोगमा र संसद सचिवालयमा लेखेर पठाउने तयारी भएको पार्टीका प्रवक्ता चन्दन सिंहले जानकारी दिए।

जेठ १३, २०८० शनिबार ०८:५९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।