शनिबारको मौसम : पहाडमा हल्का वर्षा, तराईमा हावाहुरी

शनिबारको मौसम : पहाडमा हल्का वर्षा, तराईमा हावाहुरी

काठमाडौं : शनिबार दिउँसो देशका पहाडी क्षेत्रमा हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना देखिएको छ।

शनिबार दिउँसो पहाडमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना र तराईका केही स्थानमा हावा–हुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले भने पश्चिमी  निम्न चापीय प्रणाली  र स्थानीय वायुको प्रभावका कारण कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको छ।

राति देशका कोशी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

१३ जेठ, २०८०, ०७:००:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।