युक्रेनको अस्पतालमा रुसले मिसाइल खसाल्दा तीन जनाको मृत्यु, २३ जना घाइते

युक्रेनको अस्पतालमा रुसले मिसाइल खसाल्दा तीन जनाको मृत्यु, २३ जना घाइते

एजेन्सी : रुसमले पूर्वी युक्रेनको डिनिप्रो सहरको एक अस्पतालमा मिसाइल आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ। २३ जना घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको स्थानीय गभर्नरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।

गभर्नर शेरिल लिस्काले घाइतेमध्ये दुई र ६ वर्षका दुई बालबालिका रहेको बताए। पछिल्लो हप्ता युक्रेन विरुद्ध रुसको आक्रामणलाई बढाएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भवनबाट धुवाँ निस्किएको देखाइएको क्षतिग्रस्त अस्पतालको भिडियो पोस्ट गरेका छन्।

उनले आफ्नो ट्वीटर पोस्टमा भनेका छन्, ‘रुसी आतंकवादीहरूले उनीहरू कति मानवताविरोधी छन् भन्ने फेरि एक पटक प्रमाणित गरेका छन्।’

अहिले पनि उद्धार टोलीले बेपत्ता दुई जनाको खोजी गरिरहेको छ। युक्रेनले गएरातिदेखि हालसम्म १७ रुसी मिसाइल र ३१ ड्रोन खसालेको जनाएको छ।

उही समयमा, रुसको दक्षिणी सहर क्रास्नोडारमा विष्फोट हुँदा एक आवासीय र कार्यालय भवनमा क्षति पुगेको छ। यहाँका गभर्नर भेनियामिन कोन्ड्राटेभले यी विष्फोट दुई युक्रेनी ड्रोनबाट भएको बताएका छन्।

जेठ १२, २०८० शुक्रबार २१:२३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।