गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्ने मुम्बईको निर्णय

गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्ने मुम्बईको निर्णय

आईपीएल २०२३ को अन्तिम प्लेअफ खेलमा मुम्बई इन्डियन्सले टस जितेर गुजरात टाइटन्सलाई ब्याटिङको निम्तो दिएको छ। 

मौसमका कारण नियमित समय (पौने ८) भन्दा १५ मिनेट ढिला गरी टस गराइएको थियो।  

अहदावादको नरेन्द्र मोदी स्टेडियममा आजको खेल जित्ने टोली आईपीएलको फाइलनमा प्रवेश गर्ने छ। 

मुम्बई लखनऊलाई प्लेअफको अघिल्लो खेलमा हराउँदै यहाँसम्म आइपुगेको हो भने गुजरातले चेन्नई सुपर किंग्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न चुकेको थियो। 

यदि खेल वर्षाका कारण रद्द भयो भने, डिफेन्डिङ च्याम्पियन गुजरात फाइनलमा पुग्ने छ। किनभने लिग चरणपछि हार्दिक पाण्ड्याको टोलीसँग मुम्बईको भन्दा राम्रो अंक र रनरेट छ। 

दुई टोली प्लेअफमा पहिलो पटक आमनेसामने भएका हुन्। 

मुम्बई इन्डियन्स लिग चरणपछि अंक तालिकामा चौथो स्थानमा रहेको छ।

टोलीले १४ खेलबाट ८ जित र ६ हारसहित १६ अंक जोडेको छ। रोहित शर्माको कप्तानीमा रहेको टोलीले एलिमिनेटरमा लखनउ सुपरजायन्ट्सलाई ८१ रनले पराजित गर्दै क्वालिफायर २ मा प्रवेश गरेको हो।

टोली १०औं पटक प्लेअफमा पुगेको हो, टोलीले प्रतियोगिताका शीर्ष ४ चरणमा अहिलेसम्म १९ खेल खेलेको छ। उसले १३ मा जित र ६ मा मात्र हार बेहोरेको छ। 

गुजरातविरुद्ध मुम्बईको टोलीका ४ विदेशी खेलाडी क्यामरुन ग्रीन, जेसन बेहरेनडर्फ, टिम डेभिड र क्रिस जोर्डन छन्। 

१२ जेठ, २०८०, २०:१०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।