नागरिकता विधेयक प्रमाणीकरणका लागि सिफारिस गर्ने सरकारको निर्णय

नागरिकता विधेयक प्रमाणीकरणका लागि सिफारिस गर्ने सरकारको निर्णय
तस्बिर- प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : सरकारले राष्ट्रपति कार्यालयमा विचाराधीन नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरणका लागि सिफारिस गर्ने निर्णय गरेको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि फिर्ता भएको र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीककरण नगरी राखेको विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

नयाँ विधेयकको रूपमा ल्याउँदा पनि दुवै संसदमा छलफल नै हुने र यसअघि पनि सार्वभौम संसदले छलफल नै गरेर पारित गरेकाले अघि बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको ती मन्त्रीले बताए।

राष्ट्रपति भण्डारीले तत्कालीन समयमा नागरिकता विधेयकमा समस्या रहेको भन्दै सुरूमा प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन्।

फिर्ता गरेको विधेयकलाई तत्कालीन सरकारले जस्ताको तस्तै पून संसदबाट पारित गरेर प्रमाणीकरणका लागि पठाएको थियो।

तर राष्ट्रपति भण्डारीले उक्त विधेयक १५ दिनसम्म राखेर निस्क्रिय पारेकी थिइन्।

१२ जेठ, २०८०, १९:०७:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।