निरा आचार्यको हत्या आरोपीलाई थुनामा पठाउन आदेश

निरा आचार्यको हत्या आरोपीलाई थुनामा पठाउन आदेश

काठमाडौं : एक महिनाअघि काठमाडौंको कपनमा भएको निरा आचार्यको हत्या आरोपी विनोद विश्वकर्मालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

शुक्रबार भएको थुनछेक बहसपछि न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले विश्वकर्मालाई थुनामा पठाउन आदेश दिएको हो।

सरकारी वकिल कार्यालयले विनोदविरुद्ध जीवनभर कैदमा राख्न माग गर्दै बुधबार अभियोग पत्र दर्ता गरेको थियो।

इजलासले विश्वकर्माले हत्यापछि लुटेको सिक्री किनेको आरोपमा पक्राउ परेका प्रदिप गदाइलीलाई भने धरौटीमा छाड्ने आदेश भएको छ।

वैशाख ७ गते निरा आचार्य आफ्नै भाँडा पसलभित्र सख्त घाइते अवस्थामा भेटिएकी थिइन्। उनको उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो।

घटनाको ९ दिनपछि प्रहरीले ३६ वर्षीय विनोदलाई झापाबाट पक्रेर काठमाडौं ल्याएको थियो।

विश्वकर्माले आचार्यले शरीरमा उनकै भाडाँ पसलमा रहेको चक्कुले २० पटकसम्म अगाडि र पछाडीबाट प्रहार गरेको अटोप्सी रिपोर्टमा देखिएको थियो।

जेठ १२, २०८० शुक्रबार १८:५५:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।