सरकारले संसदीय प्रकिया अवरुद्ध गरेको एमालेको आरोप

सरकारले संसदीय प्रकिया अवरुद्ध गरेको एमालेको आरोप

काठमाडौं : एमाले सचेतक महेश बर्तौलाले सत्तापक्षले संसद चलाउन नचाहेको आरोप लगाएका छन्।

शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचेतक बर्तौलाले संसद बैठक सञ्चालनमा सरकारले अवरोध गरेको बताएका हुन्।

बर्तौैलाले राज्यको सम्पत्ति कति छ भन्नेकुरामा सरकार बेखबर रहेको भन्दै देशको सम्पति कहाँ कति छ भन्नेकुरा बताउन नसकेको बताए।

आफूहरूले संसदमा उठाएको कुरा सम्बोधन नभएकोले सरकार सदनप्रति जिम्मवार नभएको उनको भनाइ छ।

उनले भने, ‘सदन छोडेर गइसक्नु भयो सरकार। सदनप्रति जिम्मेवार छैन। आजको संसदको प्रक्रिया सरकारले अवरुद्ध गर्यो।’

सत्तापक्षको सांसद्बाट दुनियाँलाई भ्रममा राखिएको विषयबारे सरकारले प्रष्ट पारेपछि मात्रै संसदीय प्रक्रिया अघि बढ्ने उनको भनाइ छ।

१२ जेठ, २०८०, १८:०९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।