सामाजिक सञ्जालमा नाबालिकामाथि दुर्व्यवहारको आरोपमा खड्का पक्राउ

सामाजिक सञ्जालमा नाबालिकामाथि दुर्व्यवहारको आरोपमा खड्का पक्राउ

काठमाडौं : नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी नगरपालिका–१३ ठेगाना भएका ३२ वर्षीय पदमबहादुर खड्का रहेका छन्। उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

खड्काले पीडितले सामाजिक सञ्जालमा राखेको तस्बिर डाउनलोड गरी नक्कली प्रोफाइल बनाएर तस्बिरलाई सम्पादन गरी अश्लील बनाई अपलोड गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले पीडितलाई भाइरल बनाउँछु भन्दै सम्पादित तस्बिरहरू पीडित लगायतका साथीहरूलाई समेत पठाई दुःख, हैरानी तथा मानसिक तनाव दिएका थिए।

खड्कालाई साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौंबाट पक्राउ गरेको हो।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

जेठ १२, २०८० शुक्रबार १६:४२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।