माओवादीप्रति ओलीको टिप्पणी- ‘दुई माना कोदो फल्ने सुर्को लिएर हिँड्यो, अहिले कांग्रेसमा बन्धकी राख्या छ’

माओवादीप्रति ओलीको टिप्पणी- ‘दुई माना कोदो फल्ने सुर्को लिएर हिँड्यो, अहिले कांग्रेसमा बन्धकी राख्या छ’

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने आम निर्वाचनमा माओवादीको बेहाल हुने टिप्पणी गरेका छन्।

शुक्रबार पार्टीले आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजना गरेको अनुशिक्षण कार्यक्रममा ओलीले आगामी आम निर्वाचनमा माओवादीले बेहाल हुने बताएका हुन्।

उनले भने, ‘०८४ को चुनावमा माओवादीको त बेहालै हुन्छ। माओवादीलाई त्यसै दिन दशा लाग्यो जुन दिन भैंसी गोठ, गाई गोठ, खेत, बारी, फलफूबारी भएको घरपरिवार छोडेर २ माना कोदो फल्ने सुर्को लिएर हिँड्यो।’

ओलीले अगाडि थपे, ‘अहिले विचरा त्यो सुर्को कांग्रेसमा बन्धक राखेर हिँडिराखेको छ। माओवादीको के हुन्छ भन्नै पर्दैन।’

ओलीले कार्यक्रममा नक्कली शरणार्थी प्रकरण र अन्य भ्रष्टाचारका मुद्दामा एमालेलाई सिध्याउने षडयन्त्र भएको बताएका छन्।

आफूहरू गल्ती गर्नका लागि नजन्मिएको भन्दै पुस ५ गते भएको संसद विघटनलाई सही भएको दाबी गरे। दुई तिहाइ दलको नेताको संसदीय दलको नेताले संसद् विघटन गरेको भन्दै आफ्नो कदमको रक्षा गरे।

उनले एमालेले चालेका कदमहरू ठिक भएको भन्दै पार्टीको नीतिको प्रचार गर्न र जनतामाझ प्रचार गर्न आग्रह गरे।

जेठ १२, २०८० शुक्रबार १६:३१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।