कांग्रेस प्रवक्ताको जिम्मा मीन विश्वकर्मालाई

कांग्रेस प्रवक्ताको जिम्मा मीन विश्वकर्मालाई

काठमाडौं : नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी मीन विश्वकर्मालाई दिइएको छ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई सूचना, सञ्चार तथा प्रचार विभागको प्रमुखमा मनोनयन गरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए।

यसअघि कांग्रेसको प्रवक्ताको जिम्मेवारी डा. प्रकाशशरण महतले सम्हाल्दै आएका थिए। उनले सरकारमा गएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै देउवाले विश्वकर्मालाई प्रवक्तामा मनोनीत गरेका हुन्।

जेठ १२, २०८० शुक्रबार १५:४४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।