आईसीसीद्वारा वर्ल्ड टेस्ट च्याम्पियनसिपका लागि पुरस्कार राशि घोषणा
एजेन्सी : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले वर्ल्ड टेस्ट च्याम्पियनसिपका लागि पुरस्कार राशि घोषणा गरेको छ।
आईसीसीले टेस्ट च्याम्पियनसिप २०२१-२३ का लागि नौ टोलीलाई कुल ३.८ मिलियन डलर दिने जनाएको छ।
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल अष्ट्रेलिया र भारतबीच लण्डनको ओभल मैदानमा हुँदैछ।
फाइनल जित्ने टोलीले १६ लाख डलर पाउनेछ र उपविजेताले आठ लाख डलर पाउनेछन् भने तेस्रो हुने टोलीले चार लाख ५० हजार अमेरिकी डलर प्राप्त गर्नेछन्।
भारत र अस्ट्रेलियाबीचको फाइनल खेल ७ देखि ११ जुनसम्म हुनेछ। दक्षिण अफ्रिकाको टोली विश्व टेस्ट च्याम्पियनको वरियतामा तेस्रो स्थानमा रहेको छ।
न्युजिल्यान्डले ६, पाकिस्तानले ७, वेस्ट इन्डिजले ८ र बंगलादेशले ९/१ लाख डलर पाउनेछन्।
२०२१ मा केन विलियम्सनले कप्तानी गरेको न्यूजिल्याण्डले १६ लाख डलर पाएको थियो। वर्षाले रोकिएको खेलमा न्युजिल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको छ।
जेठ १२, २०८० शुक्रबार १५:३३:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।