नक्कली भुटानी शरणार्थी प्रकरणः फरार लक्ष्मी महर्जन समातिए

नक्कली भुटानी शरणार्थी प्रकरणः फरार लक्ष्मी महर्जन समातिए

काठमाडौंः प्रहरीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहबारे दोस्रो चरणको अनुसन्धान सुरु गरेलगत्तै लक्ष्मी महर्जनलाई पक्राउ गरेको छ। 

जिल्ला सरकारी वकिलको पत्र आएपछि प्रहरीले शुक्रबारबाट दोस्रो चरणको अनुसन्धान सुरु गरेको हो। शुक्रबारै प्रहरीले फरार १४ जनामध्ये महर्जनलाई समातेको हो। 

जिल्ला अदालत काठमाडौंमा दर्ता भएको अभियोग पत्रमा प्रतीक थापासहित १४ जनाको नाम फरार सूचीमा छन्। १६ जना भने पक्राउ परिसकेका छन्। 

पहिलो चरणको अनुसन्धानमा नाम पोलिएका तर अनुसन्धानको ६० दिने हदम्यादका कारण पूर्ण अनुसन्धान हुन नसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल, तत्कालीन गृह सचिव प्रेम राईलगायतमाथि दोस्रो चरणमा अनुसन्धान गर्ने प्रहरीको तयारी देखिन्छ।

यी हुन् ३० जना आरोपी

केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरुङ, ​​​​​​​इन्द्रजित राई, ​​​​​​​टोपबहादुर रायमाझी, ​​​​​​​सन्दिप रायमाझी, टेकनारायण पाण्डे, नरेन्द्र केसी, ​​​​​​​गोविन्दकुमार चौधरी, रामशरण केसी, ​​​​​​​बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाल, केशव तुलाधर, लक्ष्मी महर्जन, हरिभक्त महर्जन, अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाई, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशीष बुढाथोकी, बिनिता सावदेन लिम्बू, निरन्ज कुमार खरेल, सुनिल बुढाथोकी र प्रतीक थापा

१२ जेठ, २०८०, १५:२०:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।