रेशमको मुद्दा फिर्ताको सरकारको प्रस्तावमा छलफल गर्दै राष्ट्रपति

रेशमको मुद्दा फिर्ताको सरकारको प्रस्तावमा छलफल गर्दै राष्ट्रपति

काठमाडौं : टीकापुर घटनाका दोषी रेशम चौधरीलाई राष्ट्रपतिले आम माफी दिने विषय सरकारको प्रस्तावको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरेका छन्।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा सुरक्षाकर्मीसहित सात जनाको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर गरेका सत्ताधारी नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई सरकारले माफी दिन सिफारिस गरेपछि राष्ट्रपति पौडेलले छलफल थालेका हुन्।

सरकारको पत्रबारे राष्ट्रपति पौडेलले आजै निर्णय गर्नका लागि छलफलमा छन्।

तर, पीडितहरूले राष्ट्रपति कार्यालयमा निवेदन दायर भएको छ। राष्ट्रपतिको कार्यालयमा आममाफी दिनका लागि सरकारले सिफारिस गरेको समाचार बाहिरिएपछि पीडितहरूले मुद्दा फिर्ता नलिन र आममाफी नदिन निवेदन दिएका हुन्।

गणतन्त्र दिवस र संविधान दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपतिले कैदीबन्दीहरूको बाँकी रहेको कैद भुक्तान गर्ने गरिन्छ।

जेठ १२, २०८० शुक्रबार १४:३९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।