अनियन्त्रित भइ स्करपिओ सडकबाट खस्यो, पाँच वर्षीय बालकको मृत्यु

अनियन्त्रित भइ स्करपिओ सडकबाट खस्यो, पाँच वर्षीय बालकको मृत्यु

ताप्लेजुङ : स्करपिओ अनियन्त्रित भइ दुर्घटना हुँदा आज बिहान ताप्लेजुङमा एक बालक मृत्यु भएको छ।

मृत्यु हुनेमा फुङलिङ नगरपालिका–६ का पाँच वर्षका अंशुमन गुरुङ रहेका छन्। दुर्घटनामा मृतकका ठूलो बुबा, चालक कृष्ण गुरुङ घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका अनुसार भोटेगुम्बाबाट पराजुली चोकतर्फ आउँदै गरेको मे १ च ७३५३ नंको स्करपिओ अनियन्त्रित भाइ बाटोदेखि करिब ४०/५० मिटर तल खसेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक राजन लिम्बूका अनुसार गाडीमा सवार दुवै जनालाई घटनास्थलबाट उपचारका लागि जिल्ला अस्पताल ल्याइएकामा बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

जेठ १२, २०८० शुक्रबार १३:१८:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।