एमालेको अवरोधपछि संसद् बैठक २० मिनेटका लागि स्थगित

एमालेको अवरोधपछि संसद् बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं : एमालेका सांसदहरुले नाराबाजी गरेर अवरोध गरेपछि संसद् बैठक २० मिनेटका लागि स्थगित गरिएको छ।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले सरकारलाई पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी हालेको आरोप लगाएपछि एमालेले संसद अवरोध गरेको थियो।

यसपछि सभामुख देवराज घिमिरेले संसद् बैठक सुचारु गर्न दिन आग्रह गरे पनि एमालेका सांसदहरुले नाराबाजी जारी राखेका थिए। यसैकारण सभामुख घिमिरेले संसद् २० मिनेटका लागि स्थगित गरेका हुन्।

एमालेका सांसदहरूले यस विषयमा एमालेलाई आधारहीन आरोप लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र आरोप लगाउने सांसदले माफी माग्नुपर्ने माग राखेका छन्।

जेठ १२, २०८० शुक्रबार १२:५८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।