पशुपतिमा सुन भनेर ओली सरकारले पित्तलको जलहरि हालेको आरोप, एमालेले गर्‍यो संसद् अवरोध

पशुपतिमा सुन भनेर ओली सरकारले पित्तलको जलहरि हालेको आरोप, एमालेले गर्‍यो संसद् अवरोध

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले आज चलिरहेको प्रतिनिधि सभा बैठकमा अवरोध गरेको छ।

एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारलाई पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी हालेको आरोप लगाइए पछि एमालेले संसद अवरोध गरेको हो।

माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमालेप्रति लक्षित गर्दै पशुपतिमा सुनको जलहरि राख्ने भनेर पित्तलको जलहरि राखी भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

यसपछि एमालेका प्रमुख सचेतक पदम गिरीले यस विषयमा एमालेलाई आधारहीन आरोप लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र आरोप लगाउने सांसदले माफी माग्नुपर्ने माग राखेका थिए।

यसपछि एमाले सांसदहरूले नाराबाजी गरेपछि संसद् २० मिनेटका लागि स्थगित गरिएको छ।

जेठ १२, २०८० शुक्रबार १२:४९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।