सगरमाथा आरोहणको ७० वर्षे कार्यक्रममा भाग लिन माधव नेपाल न्युजिल्याण्ड जाँदै

सगरमाथा आरोहणको ७० वर्षे कार्यक्रममा भाग लिन माधव नेपाल न्युजिल्याण्ड जाँदै

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज न्युजिल्याण्ड जाँदैछन्।

न्युजिल्याण्डको अकल्याण्ड सहरमा सोमबार हुने ७० औं ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ का अवसरमा आयोजना गरिने सभाको विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्नु उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

अध्यक्ष नेपालले न्युजिल्याण्ड सरकारका प्रतिनिधि, विभिन्न नेता, त्यहाँस्थित प्रवासी नेपाली र पार्टी निकट प्रवासी मञ्चका प्रतिनिधिसँग भेटघाट तथा छलफल गर्ने कार्यतालिका रहेको छ।

करिब एक साताको भ्रमणका क्रममा नेपालले अष्ट्रेलियाको सिड्नीमा आयोजना गरिने गैरआवासीय नेपाली संघको कार्यक्रममा समेत सहभागीता जनाउने छन्।

१२ जेठ, २०८०, ११:४३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।