ए डिभिजन लिग : थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

ए डिभिजन लिग : थ्री स्टार र हिमालयन शेर्पा भिड्दै

काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज पहिलो खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटारबीच भिडन्त हुँदैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ।

लिगमा २० खेलमा २५ अंक जोडेर १० औं स्थानमा रहेको पुलिस यो खेलमा जितसँगै छैटौं स्थानमा उक्लन चाहन्छ।​​​​​​​ २० खेलमा २१ अंकसहित खुमलटार भने लिगको अन्तिम स्थानमा छ।

आजै हुने अर्को खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पाबीच भिडन्त हुनेछ। यो खेल पनि दशरथ रंगशालामा नै साँझ ६ बजे सुरु हुनेछ।

२० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको थ्री स्टार यो खेल जित्दै शीर्ष पाँचमा पर्ने तयारीमा छ। उता २० खेलमा २६ अंकसहित आठौं स्थानमा रहेको हिमालयन शेर्पाले भने खेल जितेमा छैटौं स्थानमा उक्लने मौका रहन्छ।

१२ जेठ, २०८०, ०८:५७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।