नेपाल काभा महिला भलिबल च्यालेन्जको सेमिफाइनलमा काजखस्तानसँग भिड्दै

नेपाल काभा महिला भलिबल च्यालेन्जको सेमिफाइनलमा काजखस्तानसँग भिड्दै

काठमाडौं : नेपालले आज काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल खेलमा काजखस्तानसँग भिडन्त गर्दैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने अर्को सेमिफाइनलमा भने भारत र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

घरेलु कोर्टको फाइदा उठाउँदै नेपाल आजको खेलमा जितसँगै फाइनलमा स्थान सुरक्षित गर्ने दाउमा छ। नेपाल र काजखस्तानबीचको खेल साँझ ५ बजेपछि हुनेछ भने यसअघि दिउँसो २ः३० बजे भारत र उज्वेकिस्तान भिड्नेछन्।

नेपाल समूह चरणको अन्तिम खेलमा भारतसँग ३-१ को सेटमा पराजित भएपछि उपविजेता बनेको थियो। सुरुवाती दुई खेलमा भने नेपालले कीर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराएको थियो।

उता काजखस्तानले भने समूह चरणको तीनै खेल जितेको थियो।

१२ जेठ, २०८०, ०८:४१:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।