नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्रीले आज जवाफ दिने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसद्मा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदैछन्।

प्रतिनिधिसभाबाट आज नै सरकारले नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची समेत रहेको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्नेछ।

हाल संसद्मा जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममा छलफल जारी छ।

जस अन्तर्गत आज बस्ने बैठकमा पहिलो प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने र प्रधानमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित गर्ने आजको सम्भावित कार्यसूची रहेको छ।

जेठ १२, २०८० शुक्रबार ०८:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।