घरको नक्सा पास नगर्नेको सेवा कटौती गरिने

घरको नक्सा पास नगर्नेको सेवा कटौती गरिने

दाङ : तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सा पास नगर्नेको सेवा कटौती गर्ने भएको छ।

उपमहानगरपालिकाको ११ औं कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सा पास नगर्नेलाई पानी, विद्युत, टेलिफोन लगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको हो।

उपमहानगरले नक्सा पास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ। गाउँमा झण्डै ९० प्रतिशत घर नक्सा पास नगरि निर्माण गरिएका तुलसीपुर उपमहानगरका राजस्व शाखा प्रमुख ललित घर्तीले जानकारी दिए।

उपमहानगरले पक्की घरको रु एक हजार, कच्ची घरको रु पाँच सय, अव्यवस्थित बसोबासीका लागि रु एक सय, भूमिहीन दलितका लागि रु ५० र भूमिहीन सुकुम्बासीका लागि रु ५० वार्षिक कर निर्धारण गरेको छ।

जेठ १२, २०८० शुक्रबार ०७:३३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।