चेल्सीलाई हराउँदै युनाइटेड च्याम्पियन्स लिगमा, लिभरपुलले युरोपा लिग खेल्ने

चेल्सीलाई हराउँदै युनाइटेड च्याम्पियन्स लिगमा, लिभरपुलले युरोपा लिग खेल्ने

एजेन्सी : चेल्सीलाई ४-१ को गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको छ।

युनाइटेडको यो जितले लिभरपुलले भने अर्को सिजन च्याम्पियन्स लिग खेल्न नपाउने भएको छ।

गए राति भएको खेलमा घरेलु मैदान ओल्ड ट्राफोर्डमा खेलको छैटौं मिनेटमा नै क्यासमिरोले युनाइटेडको खाता खोले। पहिलो हाफको इन्ज्युरी टाइममा मार्सियाल अग्रता दुगुना पारेका थिए।

यसपछि ७३ औं मिनेटमा ब्रुनो फर्नान्डेस र ७८ औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडको जित पक्का गरे। खेलको अन्तिम समयमा फेलिक्सले चेल्सीको लागि एक सान्त्वना गोल गरेका थिए।

यो जितसँगै ३७ खेलबाट ७२ अंक जोडेर लिगको तेस्रो स्थानमा उक्लिएको युनाइटेड लिगमा शीर्ष चारमा स्थान पक्का गर्दै च्याम्पियन्स लिगको लागि छनोट भएको हो।

जसले गर्दा लिगमा ३७ खेलबाट ६६ अंक सहित पाँचौ स्थानमा रहेको लिभरपुलको भने  शीर्ष चारमा पर्ने सम्भावना सकियो। अब लिभरपुलले अर्को सिजन युरोपा लिग खेल्नेछ।

हारपछि चेल्सी भने ३७ खेलबाट ४३ अंकसहित १२औं स्थानमा छ।

१२ जेठ, २०८०, ०७:२३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।