द केरला स्टोरी अभिनेत्री अदालाई समाजिक सञ्जालमा दुःख

द केरला स्टोरी अभिनेत्री अदालाई समाजिक सञ्जालमा दुःख

फिल्म ‘द केरला स्टोरी’ रिलिज भएदेखि नै अदा शर्माले घृणित कमेन्ट र ट्रोलको सामना गरिरहेकी छन्।

तर, यी सबैको बीचमा फिल्मले १८ दिनमा बक्स अफिसमा २०० करोडभन्दा बढीको कमाइ गरेको छ। अहिले भर्खरै एउटा इन्स्टाग्राम ह्याकरले आदाको व्यक्तिगत मोबाइल नम्बर र केही अन्य विवरणहरू सामाजिक सञ्जालमा सेयर गरेर उनलाई दुःख दिएको खबर आएको छ। 

सामाजिक सञ्जाल प्रयोगकर्ताको गुनासोपछि उक्त व्यक्तिको अकाउन्ट ब्लक गरिएको छ। 

रिपोर्टका अनुसार एक प्रयोगकर्ताले अभिनेत्रीको व्यक्तिगत नम्बर इन्स्टाग्राममा लिक गरेका थिए। प्रयोगकर्ताले अभिनेत्रीको नयाँ नम्बर लिक गर्ने धम्की पनि दिएका थिए।

धम्की सामाजिक सञ्जालमा भाइरल भएपछि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ह्याकरको अकाउन्टबारे साइबर क्राइममा उजुरी गरेका थिए। 

तर यस विषयमा अभिनेत्रीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन्। द केरला स्टोरी रिलिज भएदेखि नै उनीप्रति घृणित टिप्पणीहरू हुन थालेको छ। 

यसअघि फिल्मका निर्देशक सुदिप्तो सेनलाई पनि धम्कीपूर्ण म्यासेज आउने गरेको बताइन्छ। उनले यसबारे प्रहरीमा पनि उजुरी गरेका थिए।

यसअघि अदाले आफ्नो फिल्मको सफलताका लागि आफ्ना फ्यानहरुलाई धन्यवाद दिएकी थिइन्। उनले लेखेकी छिन्, ‘जीवनमा राम्रो चीजहरू अचानक हुन्छन् किनभने त्यहाँ कुनै अपेक्षा हुँदैन। यो चलचित्रलाई सफल बनाउनुभएकोमा दर्शकलाई धन्यवाद दिन चाहन्छु।' 

 

११ जेठ, २०८०, २२:१०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।