बलिउडका खलनायक आशीष विद्यार्थी ६० वर्षको उमेरमा बने बेहुला

बलिउडका खलनायक आशीष विद्यार्थी ६० वर्षको उमेरमा बने बेहुला

बलिउडका चर्चित कलाकार आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन्।

विद्यार्थीले आसामकी रुपाली बरुआसँग विवाह गरेका हुन्। दुवैले कोर्ट म्यारिज गरेका छन्। उनको पोस्टमा फ्यान र सेलिब्रेटीहरूबाट बधाईको वर्षा पनि सुरु भएको छ।

सामाजिक सञ्जालमा अभिनेताको विवाहको तस्बिर पनि सार्वजनिक भएको छ, जसलाई हेरेर फ्यानहरूले पनि तीव्र प्रतिक्रिया दिइरहेका छन्।

विद्यार्थीले बिहीबार अदालती विवाह गरेका हुन्। उनीहरूले एउटा सानो कार्यक्रम पनि राखे। जहाँ सबै साथी र परिवारका सदस्यहरू उपस्थित थिए। राष्ट्रिय पुरस्कार विजेता अभिनेता र उनकी नवदुलही बरुआ विवाहको पोशाकमा सजिएका थिए। दुवैले घाँटीमा फूलको माला लगाएका थिए। 

विद्यार्थीले दोस्रो बिहेको प्रतिक्रिया दिएका छन्। उनले भनेका, ‘जीवनको यो चरणमा रुपालीसँग विवाह गर्न पाउँदा निकै खुसी लागेको छ।'

११ जेठ, २०८०, २०:३०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।