३५ किलो चाँदीसहित विराटनगरबाट तीन जना पक्राउ

३५ किलो चाँदीसहित विराटनगरबाट तीन जना पक्राउ

विराटनगर : मोरङ प्रहरीले चोरीको ३५ किलो चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ।

बुधबार राति १ बजे ३५ किलो चादी र ८ ग्राम सुनसहित विराटनगर महानगरपालिका–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक कामत र २२ वर्षीया श्रीकान्त दासलाई प्रहरीले पक्राउ गरेको हो।

बुधबार राति १ बजे भारत तर्फ जाँदै गरेको अवस्थामा विराटनगर–१२ कोशी प्रोजेक्टबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

चोरी भएको भनिएको २० तोला सुन र ३६ किलो चादी मध्ये ३५ किलो चादी र ८ ग्राम सुन बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए।

प्रहरीका अनुसार विवेक कामत यसअघि चोरी मुद्दामा ९ महिना र दास डाका मुद्दामा २० महिना कैद सजायपछि छुटेका थिए।

जेठ ११, २०८० बिहीबार १८:५५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।