कर्णाली प्रदेश सरकारद्वारा बजेटका प्राथमिकता र सिद्धान्त प्रस्तुत (पूर्णपाठसहित)

सुर्खेत : कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटका प्राथमिकता, नीति र सिद्धान्त प्रस्तुत गरिएको छ।
बिहीबार प्रदेशसभा बैठकमा अर्थमन्त्री बेदराज सिंहले बजेट अधिवेशनको दोस्रो बैठकमा प्राथमिकता र सिद्धान्त प्रस्तुत गरेका हुन्।
प्राथमिकता र सिद्धान्तमा कर्णालीको गरिबी, भोकमरीलाई अन्त्य गर्दै ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’ को दीर्घकालीन लक्ष्यलाई आत्मसाथ गर्दै आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताइएको छ।
अर्थमन्त्री सिंहले नेपाल सरकारको १५औंं योजना र कर्णाली प्रदेशको पाँच वर्षे विकासको मार्गचित्र सहित प्रथम पञ्चवर्षीय योजना (२०७६/०७७–२०८०/०८१) कार्यान्वयनमा रहेको भन्दै उक्त योजनाले निर्धारण गरेका प्राथमिकतामा रहेर योजना अवधिमा हासिल गर्न तोकिएका परिमाणात्मक लक्ष्यहरू प्राप्त गर्ने गरि काम गर्ने प्रतिबद्धता जनाए।
समृद्ध कर्णाली, सुखारी कर्णालीवासीको दीर्घकालीन सोचका साथ समावेशी, दिगो र उच्च आर्थिक वृद्धि हासिल गर्दै आर्थिक, सामाजिक रुपान्तरण, समतामूलक समाज र सामाजिक न्याय सुनिश्चित गर्न शिक्षा, स्वास्थ्य, उत्पादन र रोजगार त्यसका लागि पूर्वाधार भन्ने मूल मर्मका साथ आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तर्जुमा गरिने उनले बताए।
मन्त्री सिंहले कर्णालीको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण गरिने, वित्तीय सुशासन कायम गर्दै दिगो विकासलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिने बताए।
यस्तो छ पूर्णपाठ:-
जेठ ११, २०८० बिहीबार १७:३१:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।