झोलाभरि चेक बोकेर हिँड्छन् बुद्धि, तर गोजी रित्तै

झोलाभरि चेक बोकेर हिँड्छन् बुद्धि, तर गोजी रित्तै

काठमाडौंः हास्य अभिनेता बुद्धि तामाङ 'हैट' लाई जोकोहीले बाटोमा या कतै भेट्यो भने कति खुसी रहेछ यो भन्ठान्न सक्छन्।

उनले वर्षमा दर्जनौँ फिल्ममा काम गरिरहेका छन्। आम्दानी पक्कै गतिलै त होला। तर, उनको पीडा बेग्लै देखियो।

उनले टन्नै फिल्ममा काम गरेका छन् तर पारिश्रमिक वर्षौँसम्म पाएका छैनन्। कतिपय फिल्मको पारिश्रमिकको भने उनले आसै मारिसकेका छन्।  

फिल्ममा काम गरेबापत आफूले एक झोला पाइसकेको उनी बताउँछन्। 

उकेराकर्मीसँगको कुराकानीमा भने,‘एउटा फिल्ममा ७ देखि ८ लाख पारिश्रमिक लिने गरेको छु। तर, यति पैसा लिन पनि वर्षौँ कुर्नुपरेको छ। कतिपय निर्माताहरूले किस्ता किस्तामा चेक काटेर दिनुहुन्छ। मसँग अहिले चेक हिसाब गर्ने हो भने ६० वटा हाराहारी नै छ।’ 

चेक बाउन्स गर्न मिल्छ नि गर्दिनुस् भन्ने प्रश्नमा उनले किस्ता किस्तामा पैसा दिने भएकाले त्यसो गर्न नसकेको बताए। 

उनले भने,‘अहिलेसम्म चेक नै बाउन्स गर्न परेको छैन। तर,पैसा लिन किस्ता किस्तामा दुई-चार वर्ष नै कुर्नुपर्ने अवस्था छ।’

भक्तपुरमा इँटा भट्टामा काम गर्दा गर्दै नाटक क्षेत्रमा छिरेका बुद्धिलाई हास्य सिरियल ‘मेरी बास्सै’का 'हैट' रुपमा चर्चामा आए। उनी अभिनित अधिकांश फिल्म हिट छन्। 

उनी अभीनित पछिल्लो फिल्म ‘हेम्जाकोट,नीरफूल’ प्रदर्शनको तयारीमा छन्। 

११ जेठ, २०८०, १६:३६:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।