बिहीबार १० जना कोरोना संक्रमित थपिए, एकैदिन ४१ हजारले लगाए खोप

बिहीबार १० जना कोरोना संक्रमित थपिए, एकैदिन ४१ हजारले लगाए खोप

काठमाडौं : नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ५८० जनामा गरिएको परीक्षणमा १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यसदिन थप १५ जना संक्रमणमुक्त हुँदा थप ४१ हजार ५०१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

देशभर ४१ जना कोरोनाका सक्रिय संक्रमित छन्। योसँगै देशभ कोरोना संक्रमितको संख्या ११ लाख ५७ हजार ३२१ जनामा कोरोना पुष्टि भएको छ।

कोरोनाबाट अहिलेसम्म देशमा १२ हजार ३१ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

जेठ ११, २०८० बिहीबार १६:०३:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।