जिप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो, चार जनालाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइयो

जिप दुर्घटनामा मृतकको संख्या पाँच पुग्यो, चार जनालाई हेलिकप्टरबाट नेपालगञ्ज पठाइयो

काठमाडौं : रूकुम पश्चिमको बाँफीकोटमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

जिल्लाको बाँफीकोट गाउँपालिका–८ दुली दुधारस्थित भित्री सडकमा बिहीबार विहान दुलीबाट खलङ्गातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना भएको हो।

सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटना हुँदा जिपमा सवार सानोभेरी गाउँपालिका–५ बस्ने ७० वर्षीय कर्ण बाठा मगर लगायत ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचारको क्रममा मृत्यु भएको हो।

साथै दुर्घटनामा घाइते भएका जिपमा सवारमध्ये ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने ४ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा मेडिकल कलेज कोहलपुर पठाइएको छ।

जेठ ११, २०८० बिहीबार १५:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।