जब हर्कबहादुरले रक्सी पिएर आफ्नै घरमा आगो लगाए...

जब हर्कबहादुरले रक्सी पिएर आफ्नै घरमा आगो लगाए...

बाँके : जिल्लामा मादक पदार्थ सेवन गरेका एक पुरुषले आफ्नै घरमा आगजनी गरेका छन्।

जिल्लाको राप्तीसोनारी गाउँपालिका–२ शम्सेरगंज बस्ने ४९ वर्षीय हर्कबहादुर विकले बुधबार राति मादक पदार्थ सेवन गरी आफ्नै घरमा आगजनी गरेको प्रहरीले जनाएको छ।

बुधबार राति गरेको आगजनीबाट घर पूर्ण रूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। आगजनी गर्ने बिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

जेठ ११, २०८० बिहीबार १५:४३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।