रौतहटमा गोली हानी दुई जनाको हत्या

रौतहटमा गोली हानी दुई जनाको हत्या

काठमाडौं : रौतहटमा पाँच दिनको अन्तरमा दुई जनाको गोली हानी हत्या भएको छ।

पाँच दिनअघि गौर नगरपालिका–७ सिसवा निवासी ४५ वर्षीय यार महोम्मद खानको हत्या हुँदा गएराति मात्र अर्का एक व्यक्तिको गोली हानी हत्या भएको छ।

हत्या हुनेमा देवाही गोनाही नगरपालिका करुनिया निवासी शेख तैयब रहेका छन्। उनको हत्याको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य प्रभु शाहले हिंसात्मक घटनाहरूले आम जनतामा त्रासको स्थिति सिर्जना भएको बताएका छन्।

शाहले दोषीलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको ध्यानाकर्षण गराएका छन्।

११ जेठ, २०८०, १५:०९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।