प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

प्रतितोला एक हजारले घट्यो सुनको मूल्य

काठमाडौं : आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँ कायम भएको छ।

हिजो बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख नौ हजार आठ सय रुपैयाँ कायम भएको थियो।

आज तेजाबी सुन भने प्रतितोला एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेर १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

११ जेठ, २०८०, १२:२९:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।