प्रयोगबिहीन छ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीस्थल

प्रयोगबिहीन छ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीस्थल

चितवन : उद्योग संघ चितवनको अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र परिसरमा प्रदेश सरकारले निर्माण गरेको औद्योगिक प्रदर्शनीस्थल प्रयोगबिहीन अवस्थामा रहेको छ।

वि. सं. २०७७ सालमा निर्माण सुरु भएको सो प्रदर्शनीस्थल ६ महिना अघि निर्माण सम्पन्न भएको हो। तर त्यस यता प्रयोगबिहीन अवस्थामा छ।

बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले रु एक करोड ८० लाखको लागतमा निर्माण गरेको सो प्रदर्शनीस्थल हस्तान्तरण कसलाई गर्ने भन्ने निर्णय नभएकाले अलपत्र परेको हो।

निर्देशनालयका निर्देशक गोविन्द सिग्देलका अनुसार भवन निर्माणको समयमा संरचना निर्माण सम्पन्न भएसँगै उद्योग संघलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो।

संघीय सरकारले सो जग्गा २९ वर्षका लागि उद्योग संघलाई भाडामा दिएको हुँदा त्यो निर्णय भएको हो। तर मन्त्रीस्तरको निर्णयले त्यो सम्झौता बदर भएपछि हाल प्रदर्शनीस्थल अलपत्र परेको उनले बताए।
–––

जेठ ११, २०८० बिहीबार १०:३४:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।