रुकुम पश्चिममा जीप दुर्घटना, चार जनाको मृत्यु, १० घाइते

रुकुम पश्चिममा जीप दुर्घटना, चार जनाको मृत्यु, १० घाइते

काठमाडौं : रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन्। आज (बिहीबार) बिहान बाँफिकोट गाउँपालिका–८ मा जिप दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बाँफिकोटका अनुसार सानीभेरी गाउँपालिकाबाट रुकुम पश्चिम जान लागेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटना भएको हो।

१४ जना यात्रु सवार जिप आज बिहान ७ बजे दुर्घटनामा परेको बताइएको छ। दुर्घटनामा परि ४ जनाको ज्यान गएको छ भने घाइतेमध्ये ४ जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ।

घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको बताइएको छ।

जेठ ११, २०८० बिहीबार १०:०६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।