च्याम्पियन्स लिग फाइनलमा सिटीसँग खेल्नु अगाडि इन्टर इटालियन कप च्याम्पियन
एजेन्सी : च्याम्पियन्स लिगको फाइनल खेल्ने तयारीमा रहेको इन्टर मिलानले कोपा इटालिया (इटालियन कफ) को उपाधि जितेको छ।
फाइनलमा कमब्याक सहित फियोरेन्टिनालाई २–१ ले हराउँदै इन्टर लगातार दोस्रो सिजन कोपा इटालिया च्याम्पियन बनेको हो।
इन्टरको जितमा अर्जेन्टिनी स्ट्राइकर लोउटारो मार्टिनेजले दुई गोल गरे। गए राति भएको खेलमा अग्रता भने फियोरेन्टिनाले तेस्रो मिनेटमा नै निकोलस गोन्जालेसको गोलमार्फत कायम गरेको थियो।
तर यसपछि पहिलो हाफमा नै इन्टरले दुई गोल फर्कायो। २९ औं मिनेटमा लोउटारो मार्टिनेजले पहिलो गोल गर्दा ३७ औं मिनेटमा अर्को गोल थपेका थिए।
यसपछि दोस्रो हाफमा दुवै टिमबाट थप गोल नभएपछि इन्टरले उपाधि उचाल्यो।
अब इन्टरले च्याम्पियन्स लिगको उपाधिका लागि फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी भिडन्त गर्दैछ।
जेठ ११, २०८० बिहीबार ०७:३३:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।