आज भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा

आज भोटो देखाइँदै, उपत्यकामा सार्वजनिक बिदा
फाइल फोटो

काठमाडौंः आज भोटो जात्रा। ललितपुरको जावलाखेलमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै छ।

आज अपराह्न ५ बजे राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम रहेको छ।यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

रातो मच्छिन्द्रनाथको रथ जात्राको अन्तिम दिन मणि, माणिक तथा रत्न जडित भोटो सार्वजनिक रूपमा देखाउने प्रचलन छ।

बुङ्गमतीबाट मच्छिन्द्रनाथको भोटो जावलाखेल ल्याएर देखाइसकेपछि पुनः बुङ्गमतीमै भोटो फर्काउने चलन छ।

११ जेठ, २०८०, ०७:१३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।