लखनऊलाई ५ पटकको च्याम्पियन मुम्बईको १८३ रनको लक्ष्य, हार्ने बाहिरिने

लखनऊलाई ५ पटकको च्याम्पियन मुम्बईको १८३ रनको लक्ष्य, हार्ने बाहिरिने

५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग २०२३ को एलिमिनेटर खेलमा लखनउ सुपरजायन्ट्सलाई जितका लागि १८३ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको टिमले २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनायो।

चेपौक मैदानमा क्यामरन ग्रीनले २३ बलमा ४१ रन बनाए भने सूर्यकुमार यादवले ३३ रन बनाए। अन्तिममा नेहल बढेराले १२ बलमा २३ रनको विस्फोटक इनिङ खेले। 

नविन उल हकले ३८ रनमा ४ विकेट लिए भने यश ठाकुरले २ विकेट लिए। 

पावरप्लेमा २ विकेट गुमाएपछि सूर्यकुमार यादव र क्यामरुन ग्रीनले २६ बलमा अर्धशतक पार्टनरसिप गरेका थिए।

दुवैले ३८ बलमा ६६ रन बनाए। सूर्य २० बलमा ३३ रन बनाएर आउट भए र यो साझेदारी टुट्यो। सूर्यपछि क्यामरुन ग्रीन पनि नवीन उल हकको शिकार बने। ग्रीनले ४१ रन बनाए। 

पावरप्लेमा मुम्बईको प्रदर्शन मिश्रित रह्यो। टोलीले कप्तान रोहित शर्मा (११ रन) र इशान किशन (१५ रन) को विकेट गुमाए पनि ६ ओभरमा ६२ रन बनाएको थियो।

नवीन उल हक र यश ठाकुरले लखनउलाई प्रारम्भिक सफलता दिए।

१० जेठ, २०८०, २२:०३:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।