पक्राउ परेकाले नाम पोलेपछि थपक्क गएर बयान दिनुपर्छः योगेश भट्टराई

पक्राउ परेकाले नाम पोलेपछि थपक्क गएर बयान दिनुपर्छः योगेश भट्टराई

काठमाडौँः नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरूले बयानका क्रममा नाम लिएपछि प्रहरीले उनीहरूको पनि बयान लिन सक्ने एमाले सचिव योगेश भट्टराईले बताएका छन्। 

बुधबारको संघीय संसद बैठकपछि पत्रकारहरूसँग सांसदसमेत रहेका भट्टराईले त्यसरी पोलिएका व्यक्तिहरूलाई प्रहरीले प्रहरीले बोलाएर सोधपुछ गर्न सक्ने बताएका हुन्। 

'अध्यक्षका स्वकीय सचिव हुन् कि मेरो स्वकीय सचिव हुन् कि म नै भए पनि, मलाई कसैले पोल्छ भने प्रहरीले मलाई सूचना गरिदिएहुन्छ। तपाईंको नाम आएको छ, के गरौं भन्यो भने म थपक्क गएर बयान दिएर आउँछु। किनभने म नागरिक हो।’

यस प्रकरणमा पक्राउ परेका केशव दुलालले प्रहरीसँगको बयानमा पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ बुझाएको बताएका थिए। 

यसै विषयमा भट्टराईले अभिव्यक्ति दिएका हुन्। 

जेठ १०, २०८० बुधबार २०:२०:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।