नक्कली भुटानी प्रकरणः प्रतिवादीहरूको राहदानी रोक्का गर्न माग

नक्कली भुटानी प्रकरणः प्रतिवादीहरूको राहदानी रोक्का गर्न माग

काठमाडौँः नक्कली भुटानी शरणार्थी प्रकरणका ३० जना नै प्रतिवादीहरूको राहदानी रोक्का गर्न माग गरिएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार ५ वटा कसूरमा ३० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। उक्त मुद्दामा राहदानी रोक्काको माग पनि गरिएको हो। 

पक्राउ परेका र फरार रहेका सबै अभियुक्तको राहदानी रोक्का गर्न सरकारी वकिल कार्यालयले सम्बन्धित निकायलाई आग्रह गरेको हो।

उनीहरुविरुद्ध ठगी, संगठित अपराध, कीर्ते, राज्यविरुद्ध अपराध र एकीकृत कसुरमा सजाय माग गरिएको छ।

१० जेठ, २०८०, १८:५०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।