‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’

‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति छैन’

काठमाडौँः सरकारले लोककल्याणकारी विज्ञापन नरोकिने स्पष्ट पारेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चारविज्ञ नरेन्द्र केसीका अनुसार लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको नीति नरहेको र नरोकिने प्रतिबद्धता यसअघि नै मन्त्री शर्माले बताएकी थिइन्। 

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले यही जेठ ९ गते बुझाएको ज्ञापनपत्र बुझ्दै विज्ञापन नरोक्ने र नरोकिने प्रतिबद्धता व्यक्त गरेको थियो। 

चालु आर्थिक वर्षको विनियोजन भएको बजेट अपुग भए थप रकमको प्रबन्ध गरिने मन्त्री शर्माले प्रतिबद्धता व्यक्त गरेकी छन्। 

आगामी दिनमा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रम निरन्तर हुने मन्त्री शर्माले स्पष्ट गरिसकेको सञ्चारविज्ञ केसीले जानकारी दिए। 

जेठ १०, २०८० बुधबार १७:१३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।