भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

भोलि काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ। 

गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो। 

ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ। 

जेठ १०, २०८० बुधबार १६:४०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।