लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा रिट, १७ गते पेशी तोकियो

लामिछानेको सांसद पद खारेजीको मागसहित सर्वोच्चमा रिट, १७ गते पेशी तोकियो

काठमाडौँः रास्वपा सांसद तथा सभापति रवि लामिछानेको सांसद पद खारेजी मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। 

युवराज पौडेल सफलले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाऊँ भनी रिट निवेदन दर्ता गरेका हुन्। 

बुधबार दर्ता भएको रिटको पेसी जेठ १७ गते तोकिएको छ। 

रिटमा लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ। 

लामिछानेले नेपाली नागरिकता पुनः कायम गराउँदा अमेरिकी नागरिता त्यागेको निस्सा नबुझाएको भन्दै पौडेल ‘सफल’ले मुद्दा दायर गरेका हुन्।

गृहमन्त्रीसमेत रहेका बेला सांसद लामिछानेले नागरिकता पुनः प्राप्तिको पक्रिया नगरेको भन्दै सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएको थियो। त्यसपछि उनी फेरि निर्वाचित भएर सांसद बनेका छन्। 

जेठ १०, २०८० बुधबार १६:३१:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।