तीन पार्टी बसेर गरेको खासखुसको गन्ध ठासठुस आयो : रवि लामिछाने

तीन पार्टी बसेर गरेको खासखुसको गन्ध ठासठुस आयो : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैसँग बयान लिनुपर्ने बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि बुधबार भएको छलफलमा रास्वपा सभापति लामिछानेले तीन पार्टी बसेर खासखुस गरेको गन्ध संसदसम्म आएको बताए।

‘तीन पार्टी बसेर तपाईंहरू खासखुस गर्नुभयो भनेर हामीले भनिरहेका थियौं, त्यसको गन्ध संसदसम्म ठासठाुस आयो,’ उनले भने, ‘कसैको नाम आएपछि हिलो लाग्छ भनेर रेड कार्पेट ओछ्याइदिनुस्, तर प्रहरी कार्यालयमा लगेर बयान लिनुपर्छ।’

एकाएक वेपत्ता भएका व्यक्ति बयान सकिएपछि संसदमा देखिएको र मिडियामा तामातुलसी गर्दै कसम खाएको दृश्य देखिएको उनले बताए ।

यो प्रकरणमा जस्ता–जस्ता मान्छेको नाम क्रमशः आउँदैछ, उनीहरुलाई एकपटक पनि बयानका लागि नबोलाउँदा अविश्वासको वातावरण सिर्जना भएको उनले बताए।

जेठ १०, २०८० बुधबार १३:४०:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।