हामी शान्त छौं तर मुर्दाचाहिँ होइनौं : रवि लामिछाने

हामी शान्त छौं तर मुर्दाचाहिँ होइनौं : रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले नक्कली भुटानी शरणार्थीमा सरकार कमजोर देखिएको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममा भएको छलफलमा सहभागी हुँदै सांसद् लामिछानेले नक्कली भुटानी शरणार्थीमा सरकार कमजोर देखिएको बताएका हुन्।

आफूहरू शान्त रूपमा देश परिवर्तनका लागि आएको भन्दै उनले सरकारले त्यसमा ध्यान पुर्याउन आग्रह गरे।

‘हामी शान्त विद्रोह गरेर रगतको एउटा थोपो पनि नचुहाइकन, एउटा रेलिङ पनि नभाँचिकन र एउटा ढुङ्गा पनि नहानीकन ब्यालेटबाट यो देश परिवर्तनका लागि आएका हौं।’

उनले अगाडि भने, ‘हामी यो संसदीय अभ्यासमा पनि त्यहि अभ्यास चाहन्छौं तर सरकारले त्यो छाँट नक्कली भुटानी शरणार्थी प्रकरणमा देखाएको छैन। यस अर्थमा हामी शान्त छौँ तर मुर्दा चाहिँ होइनौँ।’

लामिछानेले नक्कली भुटानी शरणार्थीमा प्रधानमन्त्री र गृहमन्त्रीको मुटु कमाएको भन्दै मुटा जाँचको मागसमेत गरे।

जेठ १०, २०८० बुधबार १३:२४:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।