‘ट्रेलर ब्लकबस्टर देखिएको फिल्म बकवास हुन थाल्यो’

‘ट्रेलर ब्लकबस्टर देखिएको फिल्म बकवास हुन थाल्यो’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरण मिलाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद् खनालले कुनै बहाना नगरी नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त प्रकरणको छानबिन भ्रष्टाचारविरुद्धको फिल्मको ट्रेलर भएको र पूरै फिलिम हेर्न बाँकी रहेको भन्ने अभिव्यक्ति उल्लेख गर्दै सांसद खनालले संलग्न सबैलाई कारबाही गर्न माग गरेका हुन्।

उनले भने, ‘भुटानी शरणार्थी प्रकरणमा ब्लकबस्टर फिल्म नै हेर्न पाइन्छ भनेर प्रधानमन्त्रीले देखाउनुभएको ट्रेलरको आधारमा उत्साहित भइयो। तर, यो फिल्मको दृश्य यति काँटछाँट गरिँदै छ कि फिलिम त साह्रै बकबास हुन थालेको छ।’

सांसद खनालले थपे, ‘रास्वपाले यो फिल्म हेरेर बस्दैन। आईजीपी, पूर्व सचिव, पूर्व मेयर र पूर्व प्रधानमन्त्रीको सचिवको समेत नाम जोडिएको छ। नो इफ नो बट सबैमाथि तुरुन्त कारबाही र छानबिन होस्।’

जेठ १०, २०८० बुधबार १२:०९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।