नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अदालतमा अभियोजन दर्ता हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज अदालतमा अभियोजन दर्ता हुने

काठमाडौं : सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा बुधबार अदालतमा अभियोजन दर्ता गर्ने भएको छ।

अभियोजनका लागि गठित आठ सदस्यीय समितिले प्रहरीले गत सोमबार बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र दर्ता गर्न लागेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउनु पर्ने राय सहितको प्रतिवेदन बुझाएको थियो।

प्रहरीले मुद्दा चलाउने तयारी गरेका ३३ जनामध्ये १६ जना प्रहरी हिरासतमा छन्, भने १७ जना अहिले पनि फरार छन्।

भुटानी शरणार्थी प्रकरण संगठीत अपराध भएकाले अनुसन्धान सुरु गरेको ६० दिनभित्रमा अभियोजन दर्ता गरिसक्नु पर्ने प्रावधान भएकाले बुधबार अभियोजन दर्ता गर्नुपर्ने बाध्यता छ।

जेठ १०, २०८० बुधबार ०९:१६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।