बुधबार यी तीन प्रदेशमा भारी वर्षा हुने

बुधबार यी तीन प्रदेशमा भारी वर्षा हुने

काठमाडौं : बुधबार तीन प्रदेशमा भारी वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका पहाडी  भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै  स्थानहरूमा  मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश  प्रदेश  र  बागमती प्रदेशका तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना  रहेको महाशाखाले जनाएको छ।

अहिले भने पश्चिमी  निम्न चापीय र स्थानीय वायुको प्रभावका कारण देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशको केही स्थानहरूमा र बाँकी  प्रदेशका एक–दुई  स्थानहरूमा  मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

राति कोशी प्रदेशको केही स्थान र बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

जेठ १०, २०८० बुधबार ०७:४७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।