पाँच महिनापछि पूर्णता पाएका सरकारको मन्त्री र राज्यमन्त्रीको शपथ आज

पाँच महिनापछि पूर्णता पाएका सरकारको मन्त्री र राज्यमन्त्रीको शपथ आज

काठमाडौं : पाँच महिनापछि पूर्णता पाएको माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारका मन्त्री र राज्यमन्त्रीले आज शपथग्रहण गर्दैछन्।

प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्री र सोही पार्टीकै प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

महतो र कुमारीको शपथग्रहण बुधबार विहान १० बजे राष्ट्रपति निवाशमा गर्ने गरी तयारी थालिएको छ।

गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले ११औं पटक मन्त्रिपरिषद् हेरफेर गरेका छन्। योसँगै अहिलेको सरकारमा २२ मन्त्री र ३ राज्यमन्त्री भएका छन्।

जेठ १०, २०८० बुधबार ०७:३५:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।